६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा फोहर व्यवस्थापन गर्न प्राधिकरणको सोच ल्याइँदै



अ+ अ-

काठमाडौँ । खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले उपत्यकामा फोहरको व्यवस्थापन गर्न अधिकारसम्पन्न प्राधिकरण नै स्थापना गर्ने गरी सोच अघि सारिएको बताउनुभएको छ ।

वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानका अभियानकर्मीसँग खानेपानी मन्त्रालयमा भएको छलफलमा उहाँले राजधानी शहरमा फोहर व्यवस्थापन चुनौती बनिरहेको बताउनुभयो । प्रदूषणबाट सभ्यताको स्रोत नदी संरक्षण गर्न अप्ठ्यारो भइरहेका बेला नागरिकस्तरबाट वाग्मतीलगायत नदी सफाइ शुरु भई चेतनाको काम गरेको सचिव शर्माले उल्लेख गर्नुभयो ।

उपत्यकाका महानगरपालिका र नगरपालिकाबीच ढल बिच्छ्याउँदा समन्वय नहुँदा सफाइ चुनौती बन्न पुगेको उहाँले बताउनुभयो । गुह्येश्वरीमा निर्माण भइरहेको ढल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । कोड्कु, सल्लाघारी र सुन्दरीघाटका ढल प्रशोधन केन्द्र निर्माणमा ढिलाइ भइरहेको छ ।

मेलम्ची खानेपानी आयोजनाले ३५ लाख मानिसलाई मात्र सेवा दिने बताउनुहुँदै सचिव शर्माले ग्रामीण भेगमा आठ÷दश घण्टा हिँडेर पानी लिन जानुपर्ने बाध्यता रहेको बताउनुभयो । कतिपय स्थानमा सुक्खा क्षेत्रका कारण समस्या हुने गरेको मन्त्रालयले जनाएको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशिष घिमिरेले वाग्मतीलगायत राजधानी शहरका नदी व्यवस्थापनका लागि आवश्यक बजेट माग्न तीन महीनादेखि अर्थ मन्त्रालय धाउँदा पनि पाउन नसकिएको गुनासो गर्नुभयो । “नदी सफाइमा दुई वर्ष केही नगरे पनि फरक पर्दैन भन्ने अर्थमन्त्रीको विचार आयो, घरकै लागि बजेट माग्न गएजस्तो व्यवहार भयो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सफाइ अभियानकर्मी डा राजु अधिकारी, माला खरेल, प्रमिला पौडेल, चित्र सुनुवार, शोभाकान्त पाण्डे, रोहित गिरी, चक्रबहादुर चन्द, बेवी थापालगायतले सरसफाइसमेत कार्यक्षेत्र भएको खानेपानी मन्त्रालयले नदी सफाइका क्षेत्रमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।