१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा फोहर व्यवस्थापन गर्न प्राधिकरणको सोच ल्याइँदै



अ+ अ-

काठमाडौँ । खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले उपत्यकामा फोहरको व्यवस्थापन गर्न अधिकारसम्पन्न प्राधिकरण नै स्थापना गर्ने गरी सोच अघि सारिएको बताउनुभएको छ ।

वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानका अभियानकर्मीसँग खानेपानी मन्त्रालयमा भएको छलफलमा उहाँले राजधानी शहरमा फोहर व्यवस्थापन चुनौती बनिरहेको बताउनुभयो । प्रदूषणबाट सभ्यताको स्रोत नदी संरक्षण गर्न अप्ठ्यारो भइरहेका बेला नागरिकस्तरबाट वाग्मतीलगायत नदी सफाइ शुरु भई चेतनाको काम गरेको सचिव शर्माले उल्लेख गर्नुभयो ।

उपत्यकाका महानगरपालिका र नगरपालिकाबीच ढल बिच्छ्याउँदा समन्वय नहुँदा सफाइ चुनौती बन्न पुगेको उहाँले बताउनुभयो । गुह्येश्वरीमा निर्माण भइरहेको ढल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । कोड्कु, सल्लाघारी र सुन्दरीघाटका ढल प्रशोधन केन्द्र निर्माणमा ढिलाइ भइरहेको छ ।

मेलम्ची खानेपानी आयोजनाले ३५ लाख मानिसलाई मात्र सेवा दिने बताउनुहुँदै सचिव शर्माले ग्रामीण भेगमा आठ÷दश घण्टा हिँडेर पानी लिन जानुपर्ने बाध्यता रहेको बताउनुभयो । कतिपय स्थानमा सुक्खा क्षेत्रका कारण समस्या हुने गरेको मन्त्रालयले जनाएको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशिष घिमिरेले वाग्मतीलगायत राजधानी शहरका नदी व्यवस्थापनका लागि आवश्यक बजेट माग्न तीन महीनादेखि अर्थ मन्त्रालय धाउँदा पनि पाउन नसकिएको गुनासो गर्नुभयो । “नदी सफाइमा दुई वर्ष केही नगरे पनि फरक पर्दैन भन्ने अर्थमन्त्रीको विचार आयो, घरकै लागि बजेट माग्न गएजस्तो व्यवहार भयो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सफाइ अभियानकर्मी डा राजु अधिकारी, माला खरेल, प्रमिला पौडेल, चित्र सुनुवार, शोभाकान्त पाण्डे, रोहित गिरी, चक्रबहादुर चन्द, बेवी थापालगायतले सरसफाइसमेत कार्यक्षेत्र भएको खानेपानी मन्त्रालयले नदी सफाइका क्षेत्रमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।




भर्खरै