६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

छाती फुलाएर भन्न सक्छु, महिला अधिकारको कुरामा नेपाल विकसित देशभन्दा अगाडि छ : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र सभामुख महिला भएको कारण महिला अधिकार र सार्वजनिक क्षेत्रमा नेपाल विश्वका विकसित देशभन्दा पनि अगाडि रहेको बताएका छन् ।

पहिलो राष्ट्रिय महिला अधिकार दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महिला अधिकारको क्षेत्रमा विकसित देशभन्दा नेपालले राम्रो गरेको प्रधानमन्त्री ओलीले दावी गरे । ‘अहिले हामी ४० प्रतिशत महिला सहभागिता छ भनेर छाती फुलाएर भन्न सक्छौं, मुख्य कुरा सामाजिक जागरण बढेको छ’ उनले भने ।

ओलकिो आउँदो दिनमा माथिबाट नै सुधार लाने भन्दै .उनले भने ‘राष्ट्रपति महिला, उपराष्ट्रपति पुरुष । सभामुख महिला पनि भएका छन् । माथिबाटै सुधार हुँदैछ ।’

नेपालमा अवसर पाएको ठाउँमा महिलाले क्षमता देखाएका पनि प्रधानमन्त्री ओलीले बताए । ‘जहाँ दिदीबहिनीले मौका पाएका छन्, त्यहाँ आफ्नो क्षमता देखाएका छन्, पदचिह्न देखाएका छन्’ उनले भने ।

प्रधानमन्त्री ओलीले नेपालले महिला अधिकारको क्षेत्रमा नेपालले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनीहरुलाई पुरुष सरह अधिकार दिलाउन लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे । त्यस अवसरमा उनले महिला जनप्रतिनिधिहरुको काम गर्व गर्न लायक रहेको पनि बताए ।

२०६३ जेठ १६ गते प्रतिनिधिसभाबाट ३३ प्रतिशत महिला सहभागिता, आमा वा बुबाको नामबाट नागरिकता, महिला विरोधी कानून खारेजलगायत विषय समेटेर तत्कालिन सांसद विद्यादेवी भण्डारीले पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको थियो ।

त्यसै दिनको सम्झनामा यस वर्षदेखि राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो । प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव पेश गर्ने हालका राष्ट्रपति भण्डारीलाई धन्यवाद दिँदै सबैलाई दिपावली गर्न आग्रह गरे ।