६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटना : २१ जनाको मृत्यु



अ+ अ-

भेराक्रुज । मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै बसमा आगलागी पनि भएको थियो ।

स्थानीय आपतकालीन टोली पुगेर बसमा यात्रारत व्यक्तिहरुको उद्धार गरेको थियो । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार ओरालोमा गुडिरहेको बसको ब्रेकले काम नगरेका कारण मिनीट्रकमा बस ठोक्किएको थियो । एएनआई