६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट जनचाहना विपरीत ल्याइयो, दुरुपयोग भए तत्काल विरोध गर्ने : कांग्रेस



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ ।

नेपाली काँग्रेस संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको हो ।

नेपाली जनताको चाहना विपरित बजेट आएको निष्कर्ष दलको बैठकले निकालेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । उनले रोजगारीको अवसर बढाउने, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्ने भन्दा पनि बजेट जनतालाई थप ऋणको भार थोपर्ने गरी आएको पनि बताए ।

रोजगारीको अवसर बढाउने, मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्ने भन्दा पनि बजेट जनतालाई थप ऋणको भार थोपर्ने गरी आएको उनले बताए ।

बैठकमा काँग्रेस सांसदहरुले वितरणमुखी बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने दावी गरेका थिए ।

बैठकमा काँग्रेस सांसदहरुले वितरणमुखि यो बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने दावी गरेका थिए । काँग्रेस संसदीय दलले सांसदहरुका लागि विनियोजन गरिएको ६ करोड बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने निर्णय पनि गरेको छ । प्रमुख सचेतक खाँणले सांसदहरुका लागि विनियोजन गरिएको बजेट दुरुपयोग भए तत्काल विरोध गर्ने निर्णय गरिएको बताए ।

सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रत्येक सांसदलाई ६ करोड बजेट दिने घोषण गरेको थियो । संघीय संसद्‌मा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सांसदलाई दिइने निर्वाचन क्षेत्रको बजेट ६ करोड पुर्‍याएको जानकारी दिए ।

गत वर्ष उक्त कार्यक्रमअन्तर्गत संघीय संसद्का सदस्यहरुले ४ करोड पाएका थिए।सांसदहरुका लागि कूल ९ अर्ब छुट्याइएको छ।

यसअघि चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री खतिवडाले प्रति निर्वाचन क्षेत्र ४ करोड रुपैयाँका दरले सांसदहरुलाई रकम छुट्याएका थिए । सांसदलाई पैसा बाड्ने काम संविधानको मूलमर्म विपरीत भएको र यसले विकासमा खासै फरक नपर्ने भन्दै ४ करोड रुपैयाँ नै हटाउनु पर्ने विज्ञहरुको धारणा थियो ।

कतिपय सांसदहरु स्वयमले नै समेत सांसदको काम कानून बनाउने भएको भन्दै पैसा बाड्न नहुने धारणा राखेका थिए । तर शिर्ष नेताहरुको दबाबका कारण उक्त कार्यक्रम अर्थमन्त्रीले हटाउन नसक्ने चर्चा चल्दै आएको थियो ।