२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट टालटुले, वितरणमुखी र हावादारी : डा.महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले नेपाल सरकारद्धारा हिजो प्रस्तुत बजेटलाई बितरणमा केन्द्रित, टालटुले र हावादारीको संज्ञा दिएका छन् ।


बजेटमाथि प्रतिक्रिया दिँदै उनले भने– समग्रमा यो बजेट टालटुले र वितरणमुखी छ, नेपालको दिगो विकास र आर्थिक बृद्धिमा कुनै पनि हिसाबले सहयोगी देखिँदैन । यो बजेटले राखेको ८.५ प्रतिशतको आर्थिक बृद्धिदर पूरा हुने कुनै पनि आधारहरु यस बजेटले प्रस्तुत गर्न नसकेको उनको टिप्पणी छ ।


उनले भने– यस बजेटले दुई वर्षमा भारत र चीनलाई जोड्ने रेलमार्ग बनाउने कुरा गरेको छ । तर पनि त्यति महत्वाकांक्षी आयोजना निर्माणका लागि बजेट के हो, यसको जोहो कहाँबाट गर्ने हो र यस आयोजना निर्माणको ‘मोडालिटी’ के हो भन्ने बारेमा पनि स्पष्ट छैन, जसले गर्दा यो आयोजना नै हावादारी जस्तो देखिन पुगेको छ ।


यस बजेटले देशमा लगानी कसरी बढाउने भन्ने बारेमा केही भनेको छैन । विदेशी तथा स्वदेशी लगानी कसरी बढाउने र यसमार्फत लगानीको क्षमता बढाई आयोजनाका प्राथमिकताहरु कसरी तोक्ने भन्ने बारेमा पनि बजेटमा कुनै व्यवस्था गरिएको छैन– डा.महतले भने ।


यस बजेटले कर्मचारीको तलब बृद्धि गर्ने, बृद्धबृद्धाहरुको भत्ता बृद्धि गर्ने जस्ता ‘पपुलिस्ट’ केही कार्यक्रमरु देखाएर विकासमुखी कार्यक्रम नल्याई सबैको मुखमा बुझो मात्र लगाउन खोजेको र सांसदलाई छ करोड दिएर खुसी पार्नमात्र खोजेको धारणा डा.महतले राखेका छन् ।


उनले बजेट बितरणमुखी भएको बताए । उनले भने– बजेट बाँड्ने सिद्धान्तमा नै बढी केन्द्रित देखिन्छ र जनतामा नै कर उठाउने विगतको प्रवृत्ति हावी भएको देखिन्छ । सहमहामन्त्री डा. महतले भने– राजस्वको आधिकाँश हिस्सा साधारण खर्चमै सीमित छ, पूँजीगत खर्च आधामात्र छ भने विदेशी अनुदान र स्वदेशी ऋणमा पूँजीगत खर्च आधारित छ ।


उनको प्रश्न छ– आफ्नो आम्दखानी तथा लगानी खर्च नहुने अवस्थामा ८.५ प्रतिशतको आर्थिक बृद्धि कसरी हासिल हुन्छ ? सरकारले रोजगारीको नारा दिएको भए पनि आफ्नो गाउँ आफै बनाउँ भन्ने पुनः ब्युँत्याइएको कार्यक्रम केवल आफ्ना कार्यकर्तामात्र पोस्ने काम भएको आरोप लगाए ।


उनले भने– यो बजेटबाट त न आर्थिक बृद्धि र नत रोजगार नै सम्भव छ । स्वदेशमा लगानी नबढेसम्म र उद्योग धन्दाहरुको स्थापना र सञ्चालन नभएसम्म राजस्व बढ्दैन र राजस्व नबढेसम्म मुख्य आर्थिक स्रोत नै भएन । त्यसैले यी सबै काम यो वितरणमुखी बजेटबाट हासिल हुनै असम्भव छ ।


डा.महतले भने– देशभित्र भएको राजस्वको आम्दानी साधारण खर्च र वितरणमै सिमीत रहने अनि लगानी चाहिँ ऋणमै निर्भर हुने अवस्था छ भने अर्कातर्फ आयोजनाहरु पनि कुनलाई प्राथकितामा राख्ने र कुनलाई नराख्ने भन्नेमा नै सरकार अन्योलमा छ । तर पनि ठूला र महत्वाकांक्षी आयोजनाहरु अघि सारिरहेको छ । अनि यस्तो बजेटलाई हावादारी नभनेर के भन्ने ?