१० असार २०८३, बुधबार
,
Latest
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयरपोर्ट अध्यागमनका अधिकृतविरुद्ध २ करोड भ्रष्टाचारको मुद्दा



अ+ अ-

काठमाडौं । अध्यागमन कार्यालय¸ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं अध्यागमन अधिकृत रमाकान्त अर्यालले गैरकानूनी सम्पत्ति आर्जन गरेका भन्दै काठमाडौ विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइराका अनुसार अर्यालले पदमा रहदाँ दुई करोड छ लाख उनानव्बे हजार एक सय एघार गौरकानूनी रुपमा आर्जन गरिएको बताए ।

प्रवक्ता कोइरालाका अनुसार अर्याल सार्वजनिक सेवामा प्रवेश गरेको मिति (२०५९/५/२३ देखि मिति २०७५ मंसिर मसान्तसम्मको जाँचअवधिको आयव्यय तथा सिर्जित सम्पत्तिहरु उपर बिश्लेषण गरी हेर्दा तलव¸ भत्ता¸ कर्जा¸ कृषि आय¸ स्त्रिधन¸ अंश नगद र जग्गा विक्री लगायतबाट जम्मा रु. २¸४९¸९२¸७३ आय आर्जन गरेको देखाएको बताए ।

सोही अवधिमा निजले आफू र श्रीमती सरिता नेपाल समेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्तिहरु जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन खरिद¸ लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात लगायतमा रु. ४¸५६¸८१¸८४१ खर्च तथा लगानी गरेको देखिएको बताए ।

प्रवक्ता कोइरालाका अनुसार रु. २,०६,८९,१११ बराबरको भागको स्रोत नखुलेको र सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको बताए ।

आर्यलले उक्त रकम राष्ट्र सेवक भएपश्चात के कस्तो श्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको देखिएकोले रु. २,०६,८९,१११ रुपैयाँ विगो माग दावी र कैद सजायसहित अर्याल र निजकी श्रीमती सरिता नेपाल समेतलाई प्रतिवादी कायम गरी अदालतमा मुद्दा दायर गरिएको हो ।