६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको विदाई, भरत र विमल टीममा परेनन्



अ+ अ-

काठमाडौं । मलेसिया र चाइनिज ताइपेइविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली फुटबल टिमलाई विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल सघं (एन्फा) ले मलेसिया र चाइनिज ताइपेसँग खेल्ने नेपाली टिमलाई आज सातदोबाटोमा विदाई गरेको हो । नेपाली टिम बिहीबार नै मलेसिया प्रस्थान गर्नेछ ।

विराज महर्जनको कप्तानीमा रहेको नेपालले जुन २ तारिखमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, जुन ६ तारिखमा चाइनिज ताइपेसँग उसैको भूमिमा प्रतिस्पर्धा गर्दैछ ।

नेपाली टीममा पहिलो पटक अभिषेक रिजालले स्थान बनाएका छन् । पुराना अनुभवी खेलाडी जगजित श्रेष्ठ भने टिममा परेका छैनन् ।

यता आर्मीका कप्तान भरत खवास, हेमन गुरुङ र विमल घर्तीमगर टिममा छैनन् । उनीहरु चोटका कारण टीममा पर्न असफल भएका एन्फाले जानकारी दिएको छ ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्स : विराज महर्जन (कप्तान), सरोज दाहाल, रन्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्ड: सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ,

फरवार्ड : विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट ।