१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग



अ+ अ-

काठमाडौं । जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ। जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ। यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन्।

यस प्रयोजनका लागि चार ओटा रोबोट परिचालन गरिने छ । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार ती रोबोट १।२० मीटर उचाईका छन् । ती रोबोटमा ३६० डिग्रीको हिसाबमा निगरानी गर्ने क्यामेरा जडान गरिने छ । ती क्यामेराले सुरक्षाको राम्रो निगरानी राख्ने बताइएको छ ।

रोबोटबाट सुरक्षा निगरानी बढाइने यस प्रणाली यही जुन ३ तारिखबाट शुरुआत गरिने उक्त विमानस्थल प्रशासनले बिहीबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो । सन् २०२० मा जापानमा ओलम्पिक खेलकूद हुदैछ । त्यस समयमा निकै धेरै विदेशीहरुको आगमन हुने र सुरक्षाकर्मीरुको पनि आवश्यकता हुनेछ । त्यतिन्जेल पनि यस विमानस्थलमा रोबोटकै प्रयोग गरिने अधिकारीहरुले जानकारी दिएका छन् ।

रोबोटबाट सुरक्षा निगरानी बढाइने यस प्रणाली यही जुन ३ तारिखबाट शुरुआत गरिने उक्त विमानस्थल प्रशासनले बिहीबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो।

सन् २०२० मा जापानमा ओलम्पिक खेलकूद हुदैछ। त्यस समयमा निकै धेरै विदेशीहरुको आगमन हुने र सुरक्षाकर्मीरुको पनि आवश्यकता हुनेछ। त्यतिन्जेल पनि यस विमानस्थलमा रोबोटकै प्रयोग गरिने अधिकारीहरुले जानकारी दिएका छन्।

विमानस्थल प्रशासनले दिएको जानकारी अनुसार उक्त विमानस्थलको टर्मिनल १ मा दुई ओटा र टर्मिनल २ मा दुई ओटा रोबोटको जडान गरिने जनाइएको छ।




भर्खरै