२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

माेदीले लिए प्रधानमन्त्री पदकाे सपथ, भाजपा अध्यक्ष अमित शाह पनि मन्त्रिमण्डलमा सामेल



अ+ अ-

नयाँदिल्लीः भारतमा लाेकसभाकाे निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेकाे भारतीय जनता पार्टीका नेता एवं प्रधानमन्त्री नरेन्द्र माेदीले पुनः प्रधानमन्त्री पदकाे सपथ लिएका छन् ।

राष्ट्रपति राम नाथ काेबिन्दबाट माेदीले सपथ लिएका हुन् । राष्ट्रपति कार्यालयमा अायाेजित विशेष समाराेहमा माेदीले सपथ लिएका हुन् । त्यस अवसरमा नेपाल, भुटान, श्रीलंका, बंगलादेशका प्रधानमन्त्री एवं राष्ट्रपतिहरूकाे सहभागिता पनि थियाे ।

सपथ कार्यक्रममा चुनावमा नराम्राे हार व्यहाेरेकाे भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी, साेनिया गान्धी, मनमाेहन सिंह समेतका नेताहरू पनि सहभागी थिए ।

राहुल गान्धीलाइ उत्तर प्रदेशकाे अमेठीमा पराजित गरेर चर्चामा रहेकी स्मृति इरानीलाइ पनि माेदीले मन्त्री बनाएका छन् ।

यसपटक माेदीले पुरानाे मन्त्रिमण्डलका कतिपय सदस्यलाइ पुनः सहभागी गराएका छन् भने केही नयाँ अनुहारका अाएका छन् । यसपटक शुस्मा स्वराज, राजनाथ सिंह, नीतीन गडकरी, प्रकाश जावडेकर समेतका पुराना अनुहार पनि दाेहाेरिएका छन् ।

अर्थमन्त्री अरूण जेट्लीले भने स्वास्थ्यका कारण नयाँ मन्त्रिमण्डलमा सहभागी नहुने घाेषणा गरिसकेका छन् । उनकाे ठाउँमा सम्भवत भाजपा अध्यक्ष अमित शाहलाइ जिम्मेवारी दिइने छ ।