२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : इंग्ल्यान्डको विजयी सुरुआत, दक्षिण अफ्रिका पराजित



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ । लण्डनको किनिङटोन ओभलमा भएको उद्घाटन खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

३१२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि ओपनर डि ककले सर्वाधिक ६८ रज बनाए । रसिई भान डेर डुसेनले ५० रन बनाएपनि अन्य खेलाडी सस्तैमा समेटिए ।

इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले तीन विकेट लिए । त्यस्तै लियाम प्लुंकेट र बेन स्टोक्सले समान २–२ विकेट लिए ।

दक्षिण अफ्रिकाको विकेट एकपछि अर्को पतन हुनु नै मुख्य समस्या रह्यो । दक्षिण अफ्रिकाले टिकेर खेलेको भए जित निश्चित जस्तै थियो । तर आफ्नै कमजोरीले गर्दा पहिलो खेलमै दक्षिण अफ्रिका हार्न पुगेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३११ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले ७९ बलमा ९ चौकाको मद्दतमा ८९ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ठूलो लक्ष्य दिएको हो । त्यस्तै, इंग्ल्यान्डका अन्य तीन खेलाडीले अर्धशतक बनाए ।

इओइन मोर्गनले ५७, जासन रोयले ५४ र जोइ रुटले ५१ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका इमरान ताहिर र लुन्गी नगिडीले समान २–२ विकेट लिए ।

टस हारेर ब्याटिङ गर्न ओपनिङमा घरेलु टोली इंग्ल्यान्डका जोनी बैरस्टोव र जासन रोय आए । बलिङमा आए इमरान ताहिर । पहिलो बलमा जासनले एक रन लिए । स्ट्राइकमा आए जोनी । तर पहिलो ओभरको दोस्रो बलमा जोनी शुन्य रनमै आउट भए ।

योसँगै इंग्ल्यान्ड दबाबमा आएको थियो । तर दोस्रो विकेटका लागि जासन र जोइ रुटले १०६ रनको साझेदारी गर्दा इंग्ल्यान्डको १०७ रन पुग्यो ।

इंग्ल्यान्डको पारीलाई सम्हाल्न बेन र कप्तान मोर्गनले निकै ठूलो भूमिका खेले । यी दुई खेलाडीले १०६ रनकै साझेदारी गरेका थिए ।