१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुथीसँगको भिडन्तमा सरकारी सेनाका उच्च कमान्डरको मृत्यु



अ+ अ-

यमन । यमनको सरकारी फौजका एक जना बरिष्ट कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ । यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच भएको भिडन्तका क्रममा उक्त घटना भएको हो ।

साउदी अग्रसरतामा हवाई आक्रमण तिब्र भएसँगै ढाली प्रान्तमा पहिल्ला केही दिनदेखि सशस्त्र सङ्घर्ष चर्किएको छ । भिडन्तकै क्रममा सरकारी सेनाका ब्रिगेड कमान्डर सैफ सुक्राको मृत्यु भएको हो । स्रोतका अनुसार अरु दुई जना सैनिक अधिकृतको पनि ज्यान गएको छ ।

स्रोतका अनुसार ढालीमा भारी हातहतियार र तोपको समेत प्रयोग गरिएको छ । जनधनको निकै क्षति भएको अनुमान गरिएको यस भिडन्तका क्रममा हुथी विद्रोहीका लडाका पनि मारिएका र केही घाइते भएका छन् ।
स्थानीय अधिकारीहरुले हुथी विद्रोही विरुद्ध ढालीमा ठूलो सैन्य कारबाही थालिएको बताएका छन् । ढालीका चाखाब, सुलेम र अलराबीलाई सरकारी फौजले पुनः नियन्त्रणमा लिएको छ ।

गत बुधबार साउदी गठबन्धनले ढालीमा हवाई आक्रमण तिब्र बनाइएको जनाएको थियो । सरकारी नियन्त्रणमा रहेको ढाली प्रान्तमा केही सातादेखि दुबै पक्षबीच भिषण युद्ध चर्किएको छ ।

यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । हुथी विद्रोहीले अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्रपति अब्द–राब्बु मन्सुर हाडीलाई निर्वासित गर्न बाध्य पारेका थिए, तर साउदी गठबन्धनको सहयोगमा राष्ट्रपति हाडी पुनः सत्तामा रहनु भएको छ ।




भर्खरै