१४ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु एक सयले घट्यो पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने



अ+ अ-

काठमाडौं  । नेपाली कांग्रेसका सांसद इञ्जिनीयर मोहन आचार्यले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ ।

रसुवाका सांसद आचार्यले आज साँझ आयोजित एक कार्यक्रममा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले आम नेपालीको जीवनस्तर उकास्न तथा स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताउनुभयो । 

काँग्रेसको लगानी, पूर्वाधार र रोजगार एवं दिगो परियोजना केन्द्रित विशेष समितिमा रहेका आचार्य रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित भएसँगै ‘समृद्ध रसुवा’ निर्माण अभियान सुरु गर्नुभएको थियो ।

विस २०७४ को प्रतिनिभिसभा निर्वाचनमा रसुवाबाट निर्वाचित सांसद आचार्यको पहलमा रसुवामा विकास निर्माणका विभिन्न काम भएका छन् ।