१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमै पहिलोपटक बिनाअपरेसन निकालियो फोक्सोको ट्युमर



अ+ अ-

काठमाडौं । नेपालमै पहिलोपटक एकजना २० वर्षीय युवकको फोक्सोको ट्युमर सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया’ अर्थात् बिनाशल्यक्रिया निकालिएको छ। उनको उपचार मेडिसिटी अस्पतालमा गरिएको शो ।

माइक्रोवभ एब्लेसन यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइराइड ग्रन्थी तथा हड्डीलगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्युमरको उपचार गर्न सक्छ। चिकित्सका अनुसार यस प्रविधिमा खुला शल्यक्रिया आवश्यक पर्दैन र सुईको प्रयोगबाट ट्युमरको निराकरण गर्न सकिन्छ।

यस उपचारमा संलग्न चिकित्सकमध्ये एक डा। ओमबिजु पन्तका अनुसार नेपालमा कहीं– कहीं यस प्रविधिद्वारा कलेजोमा रहेको ट्युमरको उपचार गरेको पाइए पनि फोक्सोमा भएको ट्युमरका लागि यो पहिलो सफलता हो। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै