६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानपावर व्यवसायीको एक हप्ते आन्दोलन सकियो, टिकट भटाभट काढ्न सुरु



अ+ अ-
This image has an empty alt attribute; its file name is baidesik-rojgar-1000x662.jpg

काठमाडौं । मेनपावर व्यवसायीले वैदेशिक रोजगारीमा जाने कामदारको हवाइ टिकट काट्न सुरु गरेका छन् । वैदेशिक रोजगार व्यवसायी संघले विभिन्न पाँचबुँदे माग राख्दै अघिल्लो शुक्रबारदेखि हिजो बिहीबारसम्म कामदारको टिकट रोक्ने भन्दै आन्दोलन गरेका थिए ।

आफूहरूका माग सरकारले सम्बोधन नगरेको भन्दै आन्दोलन स्वरूप १७ गतेदेखि २३ गतेसम्म टिकट नकाट्ने निणर्य गरेका थिए ।

आफ्नो माग सरकारले छिटो पूरा नगरेमा फेरि आन्दोलन गर्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए ।

व्यवसायीले कामदार पठाउन रोकेको दावी गरे पनि उनीहरुको आन्दोलनकै समयमा पनि दैनिक ११ सय युवा वैदेशिक रोजगारीमा गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम कक्षका प्रमुख बाबुराम घिमिरेले जानकारी दिए ।

इदको समयमा पारेर व्यवसायीले गरेको एक हप्ते आन्दोलकै समयमा वैदेशिक रोजगारीमा जाने युवामध्ये ५० प्रतिशत संस्थागत रुपमै गएको पनि उनले जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले आफ्ना मागबारे प्रधानमन्त्रीलाई समेत लिखित निवेदन बुझाइसकेको जनाएका छन् । उनीहरुको मागपत्रबारे हालसम्म प्रधानमन्त्री कार्यलयबाट जवाफ नआएको बताएका छन् ।

संघका प्रतिनिधिले प्रधानमन्त्री कार्यालयलाई श्रममन्त्री विष्टले आफ्ना मागको वेवास्ता गरेको र व्यवसायीलाई धरापमा परेको भन्दै माग सम्बोधन गर्ने आग्रह गरेका थिए ।

व्यवसायीले कामदारको टिकट नकाटेपनि शुक्रबारबाट १ हप्ताका लागि वैदेशिक रोजगारीमा जाने कामदारहरुको उडानमा भने प्रभाव परेको थिएन । यता उडान रोक्नेबारे व्यवसायीबीच नै विवाद रहेको थियो । रोजगारीमा जाने कामदारको उडान ठप्प पार्दा आफूहरुको व्यवसाय समेत चौपट हुने भन्दै केही व्यवसायीले भने संघको निर्णयप्रति विरोध जनाएका छन् ।