२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँधीबाट भारतको उत्तर प्रदेशमा १९ जनाको मृत्यु



अ+ अ-

लखनउ । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् ।

उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त भएको बताए । उनले आँधी प्रभावित जिल्लाहरुमा राहत र उद्धारको कार्य जारी रहेको पनि जानकारी दिए ।

आँधीबाट प्रदेशका मैनपुरी, कासगन्ज, एटा, आगरा, रामपुर, बदायु र पिलिभित सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार चट्याङका साथै रुख र पर्खालहरु ढलेर मानिसको मृत्यु भएको छ ।
स्थानीय प्रशासनले मृतकका परिवारलाई जनही भारतीय रुपैयाँ चार दिने घोषणा गरेको छ ।

आँधीबाट ठूलो संख्यामा घरपालुवा पशुपक्षी पनि मरेका छन् । आँधी प्रभावित क्षेत्रमा भएको जनधनको क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।




भर्खरै