६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको उद्धोषः अब बेरोजगारीको अन्त्य भयो, काम नपाएर कोही विदेशिनु पर्दैन



अ+ अ-

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही पनि काम नपाएर विदेशिनु नपर्दैन बताएका छन् । प्रधानमन्त्री ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको र ‘हरेक दिन नयाँ–नयाँ कामको थालनी भइरहेको बारण अरुको मुलुकमा काम गर्न जान नपर्ने बताएका हुन् ।

भक्तपुरका चारवटै नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुक्रबार प्रारम्भ गर्दै ‘अब कोही पनि काम नपाएर विदेशिनु पर्दैन, स्वदेशमै रोजगारी मिल्छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको प्रष्ट पारेका छन् ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताए । उनले चालू आर्थिक वर्षमा एक महिनामात्रै कार्यक्रम सन्चालन हुने र आगामी वर्षबाट अझै व्यवस्थित रुपमा देशैभरि कार्यक्रम सञ्चालनकालागि बजेटको व्यवस्था गरेको बताए ।

‘कार्यक्रमले श्रमप्रति सम्मान गर्छ, गरिबी, अभाव र बेरोजगारीको अन्त्य गर्छ,’ उनले भने ।

केही मुर्खहरुलाई राजतन्त्र चाहिएको छ

प्रधानमन्त्री ओलीले मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्नेहरुलाई सफल हुन नदिने बताएका छन् ।

उनले भने ‘सरकार विरोधी केही तत्वहरु सक्रिय छन्, उनीहरु कुनै हालतमा सफल हुँदैनन् ।’ ‘मुलुक लोकतान्त्रिक गणतन्त्रमा विकास र सम्मृद्धिको उत्सव मनाउँदै गर्दा अझैपनि केही मुर्खहरुलाई राजतन्त्र चाएिको छ, प्रधानमन्त्री ओलीले भने ।’

कार्यक्रममा बोल्दै सांसद महेश बस्नेत, प्रदेश सांसद रजनी जोन्छे, मध्यपुरका नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायकका बासुदेव थापालगायतले यो कार्यक्रमबाट जिल्लामा रोजगारीको ढोका खुलेको बताए ।

कार्यक्रमबाट भक्तुपुरका करिब ७ सय बेरोजगार युवालाई रोजगारी पाएका छन् । करिब १ हजार ५ सय युवाहरुले भने बेरोजारको सूचिमा नाम दर्ता गराएका थिए । सो अवसरमा ओलीले सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको प्रारम्भ गर्दै कार्यक्रमसँग आवद्ध भएका युवाहरुलाई सावेल लगायत उपकरण हस्तान्तरण गरेका छन् ।