६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानका शाहजादले विश्वकप गुमाए, इक्रम अली खिललाई टिममा बोलाइयो



अ+ अ-

काठमाडौं । अफगानिस्तानका भरपर्दा खेलाडी मोहम्मद शाहजाद विश्वकप क्रिकेटबाट बाहिरिएका छन् ।

पाकिस्तानसँग भएको अभ्यास खेलमा घुडामा चोट लागेका विकेटकिपर तथा ब्याट्सम्यान शाहजादले विश्वकप क्रिकेटका बाँकी खेल गुमाएका हुन् ।तर घाइते भएपनि अष्ट्रेलिया र श्रीलंकाविरुद्ध खेलेका थिए ।

अब बाँकी खेल गुमाउने भएका छन् । उनको स्थानमा विकेटकिपर ब्याट्सम्यान इक्रम अली खिललाई टिममा बोलाइएको छ । यसलाई आईसीसीको इभेन्ट टेक्निकल कमिटीले पनि स्वीकृति दिइसकेको छ ।

अफगानिस्तानले शनिबार न्युजिल्यान्डसँग आफ्नो तेस्रो खेल खेल्दैछ ।

अफगानिस्तान टिम

गल्बादिन नाइब (कप्तान), अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी ।