६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्की पुल अलपत्र, स्थानीयलाई सास्ती



अ+ अ-

बुटवल । बुटवल उपमहानगरपालिकाको तिनकुने देविनगर जोडने पक्की पुल निर्माण कम्पनीको चरम लापरवाहीका कारण समयमा नबनाउँदा सेवाग्राहीले अत्यन्तै दु:ख भोग्नुपरेको छ ।

आउँदो असार मसन्ता भित्र निर्माण सम्पन्न गर्ने गरि गत फागुन २७ गते शिल्यान्यास गरिएको उक्त पक्कि पुलको काममा निर्माण कम्पनीले खेलवाड गर्दा समयमा निर्माण हुनुत परै जाओस आउने वर्षा याममा तिनकुने देविनगर क्षेत्र डुबानमा पर्ने खतरा समेत बढेर गएको स्थानीयहरुले गुनासो गर्नु भएको छ ।

दैनिक २० हजार भन्दा बढी जनता आवत जावत गर्ने उक्त सडकको पुल ठुलो र पक्कि गर्ने गरि नगरपालिकाको वजेटमा निर्माणका लागि निर्माण कम्पनीलाई ठेक्कामा दिईएको हो ।

निर्माण कम्पनी वावुल दीव्य जेवी कन्टक्सनले १ करोड ४० लाख लागतमा आउदो असार मसन्ता सम्ममा पुल निर्माण गर्ने गरि ठेक्का सुम्झौता नगरपालिकासंग गरेको हो । निर्माण करिव करिव सम्पन्न गर्ने समय आउनलाग्दा पनि अझै पुलको ५ प्रतिशत पनि काम भएको छैन ।

बुटवल नगरपालिकाका प्रमुख शिवराज सुवेदीले गत फागुन २७ गते उक्त पुल निर्माणको शिल्यान्यास गर्नु भएको हो । १६ । ३६ कुलापानी माथी पर्ने उक्त सडकको पुल निर्माणमा पहिला विजुलीको पोल नसार्दा र अहिले कुलापानीको पानीका कारण ढिला भएको निर्माण कम्पनीले जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।