१७ असार २०८३, बुधबार
,
Latest
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मीमा सर्प बढि सक्रिय हुन्छन्, विषालु सर्पले टोके के गर्ने ?



अ+ अ-

काठमाडौं । गर्मी मौसममा पानी परेको बेला सर्पले पहाड र तराई भागमा बर्सेनी मानिसलाई सर्पले टोक्ने गर्छ। पहाडको तुलनामा तराईमा सर्प बढी विषालु हुन्छन्। तराईको तुलनामा पहडी सर्प कम विषालु हुने र टोकीहाले पनि ज्यानै जाने अवस्था नहुने भएकाले सर्पले टोकिहाले पनि धेरै हात्तिनु नहुने चिकिक्सकको सुझाब छ।

चिकित्सकका अनुसार धेरैजसो बिरामी सर्पको विषयले भन्दा पनि सर्पले टोक्यो भनेर आत्तिनेक्रममा बेहोस हुने गरेका घटना धेरै छन्। टोकी हाले पनि सबै सर्पले विष छोड्न भ्याएका हुँदैनन्।

पहाडी सर्पले टोक्दा ज्यान नगए पनि टोकेको अंगका लागि भने खतरनाक हुनसक्ने भएकाले टोकेपछि विभिन्न तरिकारले सतर्क हुनुपर्छ। तराईका सर्पहरु भने विषालु हुने भएकाले विष नफैलिँदै छिटोभन्दा छिटो उपचार गर्नुपर्छ।

सर्पले टोकेमा आत्तिनुको सट्टा टोकेको भागमा खेलाडीले प्रयोग गर्ने स्पोर्ट ब्यान्डेज हल्का बाँध्नु पर्छ। ्हलचल गर्दा शरीरमा विष फैलने भएकाले बिरामी हलचल नगरी बस्नुपर्छ। सर्पले टोकेपछि आफूखुसी कुनै औषधि प्रयोग गर्नु हुँदैन।

तुरुन्तै हल्का ब्यान्डेज बाँधी छिटोभन्दा छिटो अस्पताल पुग्नुपर्छ। सर्पले टोकेको भाग नजिक धेरै कसिलो बाँध्न नहुने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसन्धान संयोजक डा। शेरबहादुर पुन बताउँछन्।

बेस्सरी कसेमा पछि गएर रगत बहने प्रक्रियामा असर पर्छ। कतिपय अबस्थामा आन्तरिक तथा बाह्य रुपमा रक्तश्राव हुने, फोका पर्ने जस्ता समस्या देखिन्छन्। रगत सञ्चालन हुन नपाएको भागका कोष नष्ट हुन गई अंगसमेत काट्नुपर्ने अबस्था आउन सक्छ। यो जानकारीबारे समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।