१७ असार २०८३, बुधबार
,
Latest
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुरीले बिचल्लीः कच्ची घरजति एउटै बचेनन्



अ+ अ-

काठमाडौं । कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको हावाहुरीले दुई जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएका छन् । प्रतिघण्टा एक सय किलोमिटर वेगमा आएको हुरी झन्डै एक घन्टा चलेको थियो ।

मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका १ मजगाउँका वीरबहादुर चौधरी र टीकापुरका लाहुन चौधरी छन् । कुखुराको खोर हेर्न गएका लाहुन हुरीले पर्खाल ढाल्दा गम्भीर घाइते भएका थिए ।

टीकापुर अस्पतालमा प्रारम्भिक उपचारपछि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । प्रहरीका अनुसार जस्तापाता र कच्ची ९० प्रतिशत घरका छाना उडेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।