१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोक सेवामा एकै दिन १५ हजारको आवेदन



अ+ अ-

काठमाडौं । लोक सेवा आयोगले विज्ञापन आह्वान गरेको ११औं दिनमा एकै दिनमै झण्डै १५ हजारले आवेदन दर्ता गराएका छन्।

शनिबारसम्ममा कुल ६५ हजारबढीको हाराहारीमा आवेदन परेको आयोगको तथ्यांक छ। शुक्रबारको तथ्यांकअनुसार झण्ड ५० हजारको संख्यामा अनलाइन आवेदन परेको थियो। शनिबार आवेदकको संख्या एकै दिनमा १५ हजारले थपिएको हो।

लोक सेवा आयोगको शनिबार दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १६ हजार ४ सय ९, प्रदेश २ मा १० हजार ४ सय ५१ र प्रदेश ३ मा ८ हजार ७ सय ९५ आवेदन परेको छ। यसैगरी, प्रदेश ४ मा ५ हजार ७ सय ७४, प्रदेश ५ मा १० हजार १ सय १९, प्रदेश ६ मा ३ हजार ८ सय ३५ र प्रदेश ७ मा ७ हजार ४ सय ८५ जना गरी कुल ६२ हजार ८ सय ६८ जनाको आवेदन परेको लोकसेवा आयोगले जनाएको छ।

आवेदकहरूले राजनीतिक दल तथा सभासदहरूले चर्को मात्र बोल्ने तर व्यवहारमा काम नगर्ने एवं आवश्यकताअनुसार आफैँले निर्णय गरेको संविधानलाई समेत गलत व्याख्या गर्ने गर्दा कैयौँको भविष्यमाथि खेलबाड गर्ने प्रयास भइरहेको खबर आजको राजधानी दैनिकमा प्रकाशित छ।




भर्खरै