१८ असार २०८३, बिहीबार
,
Latest
संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत कर्मचारीले उपभोक्तालाई बाँसको भाटाले पिटेपछि…



अ+ अ-

काठमाडौं । बाराको कलैयास्थित नेपाल विद्युत प्राधिकरण कार्यालयमा सोमबार प्राधरिकरणका कर्मचारी र उपभोक्ताबीच झडप भएको छ।

विद्युत प्राधिकरणका कर्मचारीले बाँसको भाटाले प्रहार गर्दा तीन जना उपभोक्ता घाइते भएका छन्। टाउको फुटेर घाइते भएका कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरका राम बिहारी राउत अहिर, वीरेन्द्र यादव र राजेश (थर नखुलेका) को कलैयास्थित जिल्ला अस्पतालमा उपचार गरिएको छ।

विद्युत प्राधिकरणको लापरवाहीका कारण सोमबार बिहान ३ बजे हाइ भोल्टेज करेन्ट प्रबाह हुँदा टिभी, फ्रिज, पंखा, पानी तान्ने मोटर लगायत घरायसी विद्युतीय सामग्री जलेर नष्ट भएपछि क्षतिपूर्तिको माग गर्दै रामपुरका उपभोक्ता कलैया बजारस्थित विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका थिए।

कार्यालयको मूल गेटमै धर्ना र प्रदर्शनमा रहेका रामपुरका उपभोक्तामाथि प्राधिकरणका कर्मचारीले बाँसको भाटाले प्रहार गरेको रामपुरका स्थानीय कन्हैया महत्तोले बताएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।