१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेतृत्वको चर्को आलोचना, नेविसंघ नेतृत्वविहीन



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समयमै अधिवेशन गरेर आफ्ना शसक्त भ्रातृ संगठनहरुलाई चलायमान बनाउन नसक्दा पार्टी नेतृत्वले चर्को आलोचना खेपिरहनुपरेको छ । पार्टीका शीर्ष नेताहरु भ्रातृ संगठन लथालिङ्ग बनाएको कारण कांग्रेस बलियो हुन नसकेको र कम्युनिष्ट सरकारको गलत क्रियाकलापको पर्दाफास गर्न नसकिएको पनि बताइएको छ ।

नेपाली कांग्रेसको नर्सरी मानिँदै आएका नेपाल विद्यार्थी संघ अहिले नेतृत्वविहीन छ । शीर्ष नेताहरुले भागवण्डाको आधारमा छनोट गरिएका नेताको भरमा रहेको तरुण दलको अवस्था पनि त्यस्तै छ । नेपाल दलित संघ, नेपाल प्रेस युनियन मात्र हैन समयमै अधिवेशन गरेर अन्य भ्रातृ तथा शुभेच्छुक संघ संगठनलाई पनि कांग्रेसले चलायमान बनाउन सकेको छैन । प्रजातन्त्र सेनानी संघ र नेपाल किसान संघको अधिवेशन नभएको दशक पुगिसक्यो ।

नेविसंघ महाधिवेशन पक्षधर विद्यार्थी समूहले पार्टी नेतृत्वलाई सुध्रिन र सुधार गर्न खबरदारी गर्न थालेको छ । आफ्ना सशक्त भ्रातृ संगठनहरुलाई निकम्मा बनाएर पार्टी कसरी बलियो हुन्छ भन्दै नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् । पार्टी्भित्र यथास्थितिवादी र परिवर्तनशील दुई धार रहेको बताउँदै कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी भन्छन्– ‘सभापति शेरबहादुर देउवा यथास्थितिवादी धारको नेतृत्व गर्छन् ।’

जसका कारण पार्टी्भित्र नयाँ जागरण पैदा हुन नसकेको उहाँ बताउनुहुन्छ । पार्टी नेतृत्वले पार्टीलाई प्रजातान्त्रिक परिपाटीबाट नचलाएको, भ्रातृ संगठनलाई लथालिङ्ग बनाएको कारण अधिनायकवादी कम्युनिष्टहरुको हर्कत पर्दाफास गर्न नसकिएको नेता केसीको भनाइ रहेको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै