१७ असार २०८३, बुधबार
,
Latest
कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु वैदेशिक रोजगारीः लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन खुला सीमाबाट नक्कली औषधि र खोप भित्रिने जोखिम बढ्दो, नियमनमा जनशक्ति अभाव : औषधि व्यवस्था… झापाको मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल झापामा फरार प्रतिवादी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० भन्दा बढी मन्दिरै गायब, भूमाफियाले जग्गा त खाए, मूर्तिसमेत बाँकी राखेनन्



अ+ अ-

काठमाडौं । २५ वर्षअघिसम्म जनकपुरमा टोलैपिच्छे मन्दिर र कुटी भेटिन्थे । यतिबेला ती मन्दिर र कुटी छैनन् । मन्दिर र कुटी त हराए–हराए, भगवान्का मूर्ति पनि गायब भए । अहिले बाँकी छन् त केही मन्दिरका भग्नावशेष मात्र ।

पछिल्लो दुई दशकमा जनकपुरमा ४० भन्दा बढी मन्दिर मूर्तिसहित हराएका छन् । कुनै बेला मन्दिर र कुटी रहेका ठाउँमा अहिले ठूल्ठूला भवन छन् ।

जानकी मन्दिरका कारण प्रसिद्धि कमाएको जनकपुरमा ठूलो संख्यामा साधुसन्त आउँथे । छिमेकी भारत र स्वदेशकै साधु जनकपुर आएर भजनकीर्तन गरी रमाउँथे । ती साधुको भक्तिबाट आर्कषित भई जग्गादान गर्ने परम्परा थियो ।

सबै मन्दिर व्यवस्थित थिए । तर, भूमाफियाको चलखेल र मन्दिर संरक्षककै मिलोमतोमा कुटि मासिँदै गए । कुटीले दानमा पाएको जग्गा व्यक्तिमा नामसारी हुन थाल्यो र बिस्तारै भगवान्को मूर्तिसमेत बेचिएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।




भर्खरै