काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजालाई नयाँ पार्टी खोल्न वा व्यापार गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘राजाले पनि नयाँ पार्टी खोले हुन्छ । व्यापार गरेर बसे हुन्छ । नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्छौं ।’यस्तै उनले प्रतिगामी तत्वहरूले फेरि शिर उठाउने दुस्साहस गरिरहेको बताउँदै नदिको प्रवाह अगाडि बढिसकेको भन्दै फेरि पछाडि फर्किन नसक्ने टिप्पणी गरे ।
नेपालले भने, ‘म प्रतिगामी तत्वहरूलाई भन्न चाहन्छु, फेरि शीर उठाउने दुस्साहस नगर्नुस् । यदि त्यस्तो भयो भने नेपाली जनता फेरि ज्वालामुखी झैं विष्फोट हुनेछन् ।’