१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीले लागूऔषध पठाइदिने, श्रीमान कारागारभित्रै कारोबार गर्ने !



अ+ अ-

काठमाडौँ । नौ सय थान लागूऔषधसहित देवीकुमारी गुप्ता बुधबार पोखराको अमरसिंह चौरबाट पक्राउ परिन् । प्रहरीले सोधखोज गर्दा पत्ता लाग्यो, उनका श्रीमान् लागूऔषध मुद्दामै कास्की कारागारमा छन् । प्रहरी त्यतिखेर झन चकित बन्यो जब कारोबार कागारभित्रैबाट भएको पत्ता लाग्यो ।

देवीकुमारीका श्रीमान् उदयकुमार पुराना लागूऔषध कारोबारी हुन् । अपहरण मुद्दामा ७ वर्ष कैद भुक्तान गरिरहेका भारतीय नागरिक पवनकुमार सहनीसँग मिलेर उदयकुमारले कारागारबाट लागूऔषध कारोबार गरिरहेको खुलेको हो । प्रहरीसँको बयनामा देवीकुमारीले सहनीकी श्रीमती मनीषा अर्जेलले भैरहवाबाट लागूऔषध पठाउने गरेको बताएकी छन् ।

कारगारभित्रै चिनजान भएका पवनकुमार र उदयकुमारले लागूऔषध कारोबारको योजना तयार गरेका रहेछन् । भारतबाट आयत हुने लागूऔषध पवनकुमारकी श्रीमतीले भैरहवाबाट पोखरा सप्लाई गर्ने र उदयकुमारकी श्रीमतीले कास्कीमा त्यसको व्यापार गर्ने गरेको प्रहरीले लिएको बयानबाट खुलेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।