१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी पुरुषसँग नेपाली युवतीको बिहे बढ्दो



अ+ अ-

काठमाडौं । नागार्जुनकी ३६ वर्षीया महिलााले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए । सबै कानूती प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो ।

न्युयोर्क बस्ने ६५ वर्षका पुरुषसँग खोटाङकी ३३ वर्षीया युवतीले विवाह गरिन् । दुवैजनाले काठमाडौँ जिल्ला अदालतमा निवेदन दिई दर्ता विवाहको प्रमाण पत्र लिए । उनीहरु कात्तिक २९ गते दर्ता विवाहका लागि कानुन व्यवसायीसहित अदालत पुगेका थिए ।

४८ वर्षीय भारतीय पुरुषले २४ वर्षकी नेपाली युवतीसँग विवाह गरे । युवतीको भन्दा दोब्बर उमेर भएकाले उनले अदालती विवाह गरेका हुन् । यो अदालती विवाह जेठ ८ मा भएको हो ।

विदेशीसँग भएका यी अनमेल विवाहका उदाहरण प्रतिनिधिमूलक हुन् । पछिल्लो समय काठमडौँ जिल्ला अदालतमा पुगेर यसरी विवाह गर्नेको संख्या बढेको छ । उमेर हेर्दा आफूभन्दा १० देखि ३२ वर्ष जेठा विदेशी पुरुषसँग नेपाली युवतीले विवाह गरेका छन् । यसरी दर्ता विवाह गर्नेमा अधिकांश पुरुष विदेशी र युवती नेपाली छन् । काठमाडौँ जिल्ला अदालतको तथ्यांक हेर्दा सबैभन्दा धेरै नेपाली युवतीले अमेरिकी पुरुषसँग विवाह गरेका छन् । अस्ट्रेलिया, बेलायत, चीन, दक्षिण कोरिया, जापान, क्यनाडा, फिलिपिन्स, फ्रान्स, बंगलादेश, मलेसिया, पाकिस्तानलगायत देशका पुरुषसँग पनि नेपाली युवतीले अदालती विवाह गरेको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।