१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १ मा नयाँ पाठ्यक्रम



अ+ अ-

काठमाडौं । कक्षा १ मा नयाँ पाठ्यक्रम विकास केन्द्रले मुलुकभरका १०३ सामुदायिक विद्यालयमा कक्षा १ को नयाँ पाठ्यक्रम परीक्षण थालेको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदले स्वीकृत गरेको विद्यालय तह १–१२ को राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार १८ जिल्लाका विद्यालयमा परीक्षण थालेको हो।

चालू शैक्षिक सत्रमा परीक्षण गरेर आगामी वर्षदेखि देशभरका विद्यालयमा लागु गरिने केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले जानकारी दिए। हाल २०६३ सालमा परिमार्जित पाठ्यक्रमका आधारमा विद्यालयहरूमा पठनपाठन हुँदै आएको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।