१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीकापुर बहुमुखी क्याम्पसको ३ सय बिघा जमिन हुकुमबासीको कब्जामा



अ+ अ-

कैलाली । टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जमिन अतिक्रमण भएको छ । क्याम्पसको नाममा रहेको तीन सय ८० मध्ये ८० बिघा जमिन मात्रै क्याम्पसले भोगचलन गरिरहेको छ । बाँकी जग्गा मुक्त कमैया तथा सुकुमबासीको नाममा अतिक्रमण भएको हो । टीकापुर सहरी विकास समितिले ०५६ सालमा टीकापुर बहुमुखी क्याम्पसलाई ८० बिघा जमिन दिएको थियो । ०६२ सालमा थप तीन सय बिघा जमिन क्याम्पसलाई प्रदान गरेको हो ।

०६२–६३ सालको आन्दोलनपछि क्याम्पसको जमिन अतिक्रमण सुरु भयो । तत्कालीन माओवादीको उक्साहटमा मुक्त कमैया र सुकुमबासीले क्याम्पसको जग्गा मिच्न थाले । सुरुमा ३५ घर परिवारले क्याम्पसको जमिनमा बसोवास गरे । अहिले करिब एक हजार घर–परिवारले क्याम्पसको जमिनमा बसोवास गर्दै आएको क्याम्पस प्रमुख केशरबहादुर कुँवरले बताए । ‘अतिक्रमणकारीले आफूलाई मुक्त कमैया र सुकुमबासी भन्छन्,’ उनले भने, ‘तर, वास्तविकतामा उनीहरू हुकुमबासी हुन् । अधिकांशको टीकापुरमा घर र गाडी छ । छानबिन गर्ने हो भने १० प्रतिशत मुक्त कमैया र सुकुमबासी होलान् ।’

कट्ठाको पाँचदेखि १० लाखमा खरिद–बिक्री
अतिक्रमणकारीले क्याम्पसको नामको जमिन प्रतिकट्ठा पाँचदेखि १० लाख रुपैयाँसम्ममा बेचबिखन गर्दै आएका छन् । कागजी रूपमा क्याम्पसको जग्गा उनीहरूले मौखिक रूपमै लेनदेन गर्ने गर्छन् । क्याम्पसले सबै जग्गाको कर तिर्दै आएको छ । क्याम्पसले हालसम्म नगरपालिकालाई ४८ लाख रुपैयाँ एकीकृत कर भुक्तानी गरेको कुँवरले बताए ।

अतिक्रमणकारीलाई राजनीतिक सहयोग
सुरुमा मुक्त कमैया र सुकुमबासीले सरकारलाई दबाब दिन क्याम्पसको जग्गामा बस्ती बसाएका थिए । उनीहरूको मत लिन राजनीतिक दलले पटक–पटक त्यही जग्गा दिलाउने प्रतिबद्धता गर्दै आएका छन् । त्यसैले, अहिले बस्ती खाली गराउन अझ कठिन देखिएको छ । टीकापुर क्याम्पसको अतिक्रमण भएको जमिन फिर्ता गर्न क्याम्पसले पटक–पटक प्रयास गर्दा पनि असफल हुँदै आएको छ । ०६७ सालमा क्याम्पसले लम्की राजमार्ग अवरुद्ध गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।