१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीकै जिल्लामा यस्तो अच्चम, पैसा बग्यो पानी बगेन



अ+ अ-

काठमाडौं । गाउँमा धारा छन् तर पिउने पानी छैन । केहीको घरमा धारामा आउने पानीले लुगा धुने, गाईबस्तुलाई खुवाउने, भाँडावर्तन माझ्ने गर्छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ । यो पीडा वर्तमान प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको शिवसताक्षी नगरपालिकामा हो ।

नगरको ९ र १० नम्बर वडाका ३ वटा गाउँका बासिन्दा अहिले पनि पानीको अभाव भोगिरहेका छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ । स्थानीय नहर, कुवा तथा खोलाको धमिलो पानी उपभोग गर्छन् । खानेपानीको भरपर्दो व्यवस्था नहुँदा नगरका संगमबस्ती, दोमुखा र श्रीजंघा बस्तीका हजारौं स्थानीयले वर्षौँदेखि पिउने पानीको समस्या खेप्दै आएका छन् ।

संगमबस्तीका २ सय ५० घरका लागि स्थानीय दिलबहादुर खड्काको घरमा भएको ट्युवेलबाट निस्कने अप्रशोधित पानी उनीहरुको जीवनजल हो । यो समस्या हिमाल पहाडकाका दुर्गम बस्तीको भन्दा कम छैन । यहाँका स्थानीयले डोको, साइकल, मोटरसाइकल, ठेलाजस्ता साधनका माध्यमबाट गाग्रा, बोत्तल, जर्किनमा पानी हालेर घर सम्म ल्याउने गरेको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।