१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ वर्षअघि हराएको हेलिकप्टरको खोजी गर्ने तयारी



अ+ अ-

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले मकालु हिमालको आधार शिविरबाट १७ वर्षअघि लुक्लातर्फ उडेपछि हराएको रसियन हेलिकप्टरको खोजीमा चासो देखाएको छ। सोलुखुम्बुका एक युवकले हेलिकप्टरको अवशेष तथा घटनास्थल भेटेको दाबी गरेपछि प्राधिकरणले चासो देखाएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रका प्रबन्धक सञ्जयकुमार साहले त्यससम्बन्धी समाचार सार्वजनिक भएपछि खोजी प्रक्रिया अघि बढाइएको बताए। ‘चार्ली युनिफर्म नामको हेलिकप्टरको अवशेष भेटिएको समाचार पढेपछि त्यसको खोजीका लागि मैले फेरि फाइल खोलेको छु,’ प्रबन्धक साहले भने।

उनले बबरमहलस्थित तालुक निकाय नागरिक उड्डयन प्राधिकरणलाई तत्काल घटनास्थलमा गएर अनुसन्धान गर्न लेखी पठाइसकेको बताए। यस विषयबारे प्राधिकरणका कार्यवाहक महानिर्देशक राजन पोखरेलले जहाज दुर्घटनामा छानबिन तथा जाँच गर्ने अधिकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भएकाले मन्त्रालयसँग समन्वय गरिने बताए।

‘यो घटना १७ वर्षअघिको हो, उक्त हेलिकप्टरको स्वामित्व रहेको एसियन एयरलाइन्स बन्द भइसकेको छ’, पोखरेलले भने, ‘मन्त्रालयलाई लेखी पठाउँछौं।’, समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।