१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

किर्ते नेपाली भिसा, अध्यागमनका कर्मचारीले पत्तो पाएनन



अ+ अ-

काठमाडौं । उज्वेकिस्तानकी साकानोजा कुरवानियाजोभाले नेपालको प्रवेशाज्ञा (भिसा) किर्ते गरेकी छन्। अघिल्लो वर्ष असार ४ गते ९० दिनको पर्यटक भिसामा उनी नेपाल भित्रिएकी थिइन्।

भिसाको म्याद रहुन्जेल उनले नेपालमा के गरिन् र कहाँ बसिन् भन्ने सरकारी अधिकारीलाई पत्तो छैन। म्याद गुज्रिएपछि पनि उनी लामो समय नेपाल बसेको खुलेको छ। त्यही बीचमा उनी भारत पुगिन्। तर, यसको रेकर्ड अध्यागमनको सफ्टवेयरमा कैद छैन। उनी हवाईमार्गबाट भारत गइन् या स्थलमार्गबाट भन्ने पनि खुलेको छैन।

नेपालले हस्तलिखित भिसा प्रयोग गर्दै आएको छ। यो जो कोहीले सजिलै केरमेट गर्न सक्छन्। अध्यागमन विभागले मेसिन रिडेबल भिसा लागू गर्न सकेको छैन। त्यही भएर आपराधिक मानसिकता लिएर नेपाल आउने विदेशीले भिसा दुरुपयोग गर्ने गरेका छन्। उज्वेकिस्तानी युवतीले भारत जाँदा नाका छलेको हुन सक्ने अध्यागमनका अधिकारीको अनुमान छ।

भारतबाट नेपाल फर्किने भिसा थिएन। त्यसपछि उनले राहदानीमा रहेको म्याद गुज्रिएको भिसा ‘स्क्यान’ गरिन्। त्यसको प्रिन्ट निकालिन्। त्यसमा उनले किर्ते गरेर भिसाको म्याद र आगमन मिति सच्याइन्। त्यी स्क्यान भिसा आफ्नो राहदानीमा टाँसिन्। भिसा नम्बर त्यही राखिन्। उनी जेठ ३२ गते किर्ते भिसामा भारतबाट काठमाडौं उत्रिन्।

त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले भिसामा केरमेट गरिएको देखेपछि तत्काल पक्राउ गरी अध्यागमन विभागमा पठाए। विभागका प्रवक्तासमेत रहेका निर्देशक रामचन्द्र तिवारीले उज्वेकी युवतीलाई निष्काशन गरिएको पुष्टि गरे। ‘भिसामा कैफियत पाइएपछि आवश्यक कारबाही र जरिवाना गरी निष्काशन गर्ने निर्णयमा पुगेका हौं’, निर्देशक तिवारीले अन्नपूर्णसँग भने।

विमानस्थलमा भने कर्मचारीले भिसा नक्कली भएको पत्तोे पाएनन्। केरमेटका आधारमा उनीहरूले थप अनुसन्धानका लागि विभागमा पठाएका थिए। विभागको अनुसन्धानपछि मात्र भिसा किर्ते गरेको पत्ता लाग्यो। ती युवतीले ओभरस्टे र जरिवानाबापत २ लाख ९७ हजार रुपैयाँ तिरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।