१८ असार २०८३, बिहीबार
,
Latest
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

असारभित्र पाइपमार्फत पेट्रोलियम पदार्थ



अ+ अ-

बारा । सम्भवतः मुलुकमा यसै महिनाको अन्त्यदेखि पाइप लाइनबाट पेट्रोल भित्रिने भएको छ । निर्माणाधीन मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेपछि यस्तो सम्भावना देखिएको हो ।

नेपाल आयल निगमका अनुसार मुलुककै पहिलो यो अन्तरदेशीय पाइप लाइनबाट डिजेल र पेट्रोल आयात सुरु हुने छ । निगमका अनुसार पाइप लाइनबाट पेट्रोलियम पदार्थ आपूर्तिका लागि मुख्य काम सम्पन्न भइसकेको छ, केही सहायक काम मात्र बाँकी छन् ।

निगमका आपूर्ति तथा वितरण विभागका उपमहानिर्देशक विनीतमणि उपाध्यायले मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट असार अन्तिमदेखि पेट्रोलियम पदार्थ आपूर्ति सुुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल र भारतको सो सडकखण्डमा पेट्रोलियम पाइप लाइन बिछ्याउने काम सम्पन्न भइसकेको छ ।

बिछ्याइएको पाइपको परीक्षण पनि सम्पन्न भइसकेको छ । हाल पाइप लाइनबाट आउने पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि डिपोको संरचना तयार भइरहेको बताउँदै उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको भण्डारणका लागि निर्माण गर्नुपर्ने चारवटा ‘भर्टिकल टयाङ्क’मध्ये तीनको निर्माण सम्पन्न भइसकेको छ, एउटाको निर्माण अन्तिम चरणमा छ ।”, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।