१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमै सर्पको बिगबिगी, भारतबाट औषधि आयात



अ+ अ-

काठमाडौं। तपाईंको घरनजिकै झाडी छ ? तपाईं पातलोखाले शरीर नढाक्ने कपडा लगाएर हिडिरहनुभएको त छैन ? त्यो हो भने सावधान ! विषालु सर्पले टोक्न सक्छ ।

काठमाडौं उपत्यकामा सामान्यतया सर्प देखिँदैन्थ्यो । ‘तराईमा जस्तो यहाँ सर्प हुँदैन’ भन्ने आमधारणा पनि छ । यहाँका मानिस तराई जाँदा सर्पको बिगबिगी सुनेर डराउँछन् पनि ।

तर, हिजोआज काठमाडौंस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा दैनिक १० देखि १२ जना सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेको पाइएको छ ।

भक्तपुर, ललितपुरको ग्रामीण भाग, धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकबाट सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । पहाडी जिल्लामा पनि विषालु सर्पको बिगबिगी उत्तिकै छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार टेकु अस्पतालमा दैनिक १० देखि १२ जना सर्पले टोकेका बिरामी आउने गरेका छन् । घाँस दाउरा र घरायसी काममा बढी लाग्ने भएकाले प्रायः महिलालाई सर्पले टोक्ने गरेको उनले बताए ।

सर्पले टोकेका बिरामी जति उत्तेजित हुन्छन्, त्यति नै उसको शरीरमा रगत सञ्चार बढ्छ । र, यसले विष फैलाउँछ । सर्पले टोक्नेबित्तिकै अस्पताल पुग्नसके उपचार सहज हुने चिकित्सक बताउँछन् ।

उपत्यकामा २२ थरीका सर्प

सर्पविज्ञका अनुसार काठमाडौं उपत्यकामा लगभग २२ थरीका सर्प छन् । तराईको समथरदेखि ५ हजार मिटर उचाइसम्म सहजै सर्प पाइन्छ ।

हावापानीअनुसार सर्पको प्रजाति पनि फरक हुन्छ । तराईको तातोमा बस्ने सर्प काठमाडौंमा कम हुन्छ । ‘धामन’जस्ता केही सर्प भने तातो–चिसो दुवै हावापानीमा पाइन्छन् ।

१ हजार ४ सय मिटर उचाइको काठमाडौंमा पाइने सर्पमा राजगोमन, गोमन, मुगा, हरेउ, हरहरा, गुरुवे, धामन, चिचिन्डे, सिरिषे, चंखे, पानी सापलगायत छन् । यीमध्ये राजगोमन, गोमन र मुगा सबैभन्दा विषालु मानिन्छन् । यिनीहरूले टोके तुरुन्तै उपचार नभए ज्यानै जान पनि सक्छ ।
संसारकै ठूलोमध्येको ‘राजगोमन’समेत यहाँ फेला परेको छ । गोमन २ हजार ५ सय मिटर उचाइसम्म पाइएका छन् । दामनमा धेरै गोमन फेला परेको दाबी उनीहरूको छ । चन्द्रागिरि र स्वयम्भूमा पनि यी सर्प पाइन्छन् ।

मुगा सर्प भने मुगा रङको हुन्छ । यो प्रायः पहाडी भाग र उपत्यकामै पाइन्छ । कीर्तिपुरतिर यो सर्प धेरै भेटिने गरेको विशेषज्ञ डा। शेरबहादुर पुनले जानकारी दिए ।

‘चंखे’ भनिने ‘माउन्टेन किलवे’ सर्प एकदमै छिटो गतिको हुन्छ । ‘सिरिसे’ भनिने सर्प शिरीषको रूख वा झा“डीमा धेरै पाइन्छन् । यसका पनि दुई प्रजाति छन् । यी र अरू केही सामान्य जातका सर्प विषालु नहुने पुन बताउँछन् । यिनले टोक्दा मान्छे मर्दैन । सुन्निने र दुख्ने भने हुन्छ ।

यसैबीच, विषालु सर्पको डसाइबाट बच्न आवश्यक ‘एन्टी–स्नेक भेनम सेरुम’ औषधि भारतबाट आउने गरेको पाइएको छ ।

इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालका अनुसार यो औषधि नेपालमा उत्पादन नहुने भएकाले भारतबाटै आयात हुने गरेको बताए । ‘चार प्रकारका विषालु सर्प छन्, नेपाल–भारतमा मानिसलाई टोक्ने सर्प लगभग एउटै भएकाले भारतबाट औषधि आयात गर्छौं,’ उनले भनेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।