१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाखानीले दैनिक राजमार्ग अवरुद्ध : स्थानीयमा खुसीयाली, यात्रुलाई सास्ती



अ+ अ-

धादिङ । जब आकाश मडारिँदै पानी पर्न थाल्छ, बालुवासहितको लेदोले पृथ्वी राजमार्ग ठप्प हुन्छ। बैरेनीबजार जलमग्न हुन्छ, यात्रामा हिँडेका सवारीसाधनको लाम लाग्छ। मुख्य सडकबाट शाखा सडक हुँदै सञ्चालन गरिएको बालुवाखानीबाट बगेको लेदोले दैनिक राजमार्ग अवरुद्ध हुन थालेको छ।

पृथ्वी राजमार्गमा पर्ने धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा बालुवाखानीको लेदो सडकमा थुप्रिँदा पानी पर्ना साथ बजार जलमग्न हुन्छ भने सवारीसाधन घण्टौं जाममा पर्छन्। शनिबार पनि बालुवाखानीको लेदो सडकमा थुप्रिँदा बैरेनी बजार जलमग्न भयो। करिब सात घण्टा राजमार्ग ठप्प भयो। राजधानी काठमाडौं हिँडेका र राजधानी हुँदै पूर्व–पश्चिम यात्रामा निस्केका सवारीसाधन रोकिनु पर्‍यो।

सडकमा थुप्रिएको लेदो हटाउन नसक्दा यात्रुहरू घण्टौं जाममा बस्नुपर्यो। एकातिर यात्रामा हिँडेका यात्रु हैरान थिए भने अर्कोतिर बैरेनीका बालुवा व्यवसायी भने खुसी भइरहेका थिए। आफैंले स्काभेटर ल्याएर सडकमा थुप्रिएका बालुवा संकलन व्यवसायीलाई भ्याइनभ्याइ थियो। आफ्नो घरछेउमा थुप्रिएको बालुवा निकाल्न स्थानीय व्यवसायीमा हानथाप थियो।

‘माटो बगाएर सडकमा थुपारेको भए कसैले वास्ता गर्दैनथ्यो,’ एक स्थानीयले भने, ‘बालुवा थुपारेको भएर व्यवसायी आफैंले स्काभेटर ल्याई सडक खुलाएका छन्।’ बैरेनी बजारमाथि सञ्चालनमा रहेका खानीहरूबाट वर्षाको पानीसँगै बालुवा बगेर राजमार्गमा आउने भएका कारण स्थानीय बालुवा व्यवसायीहरू भने पानी पर्नासाथ चनाखो हुने गर्छन्।

बैरेनीबजारदेखि माथिल्लो क्षेत्रमा दर्ता नभएका १० भन्दाबढी बालुवाखानी सञ्चालनमा छन्। राजमार्ग छेडेर जथाभावी गाउँतिर लगिएका ग्रामीण सडक, सडकभन्दामाथि खोलिएका बालुवाखानीका कारण भल–बाढीले लेदो बगाउँदै राजमार्गमा ल्याइपुर्याउन्छ, जसका कारण यात्रुलाई सास्ती भए पनि स्थानीयलाई भने फाइदा भएको छ। ‘आ–आफ्नो घरको खोल्सा र सडकमा थुप्रिएको बालुवा झिक्न यहाँका स्थानीयलाई तँछाडमछाड छ,’ बैरेनीका एक स्थानीयले भने, ‘घरैअगाडि लाख–लाख थुप्रियो भन्दै आफैं डोजर ल्याएर बालुवा संकलन गर्ने गर्छन्।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।