१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रका चार पूर्व प्रमुख ‘चोखिए’, भ्रष्टाचार मुद्दामा पाए सफाइ



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी) ले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । उनीहरुविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाण नपुगेको भन्दै विशेष अदालतले सोमबार सफाइको फैसला सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम हिनामिना मुद्दामा २०७२ सालमा सशस्त्र प्रहरीका पूर्वआईजीपीहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, वासुदेव वली र सनतकुमार बस्नेतसहित २२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

न्यायाधीशहरु बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको इजलासले आरोप प्रमाणित नभएको भन्दै सफाइ दिने फैसला गरेको हो ।
संगठनको सामान खरिद र ढुवानीमा भ्रष्टाचार गरेको भन्दै आयोगले वन्तविरुद्ध भ्रष्टाचारको अभियोगमा अनुसन्धान थालेको थियो ।

सो क्रममा वन्तले बयान दिँदा बस्नेत, ओली र श्रेष्ठसमेत अनियमितता प्रकरणमा छानविनमा तानिएका थिए । २०५८ देखि २०७१ मा सशस्त्र प्रहरीका विभिन्न एकाइमा सामान खरिद गर्दा नक्कली कम्पनी र बिल खडा गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी रहेको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।