१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइफा अवार्ड नेपालमा नगर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन



अ+ अ-

काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय समितिले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा नगर्न सरकारलाई निर्देशन दिएको छ । आइफा अवार्ड गर्दा नेपाललाई आर्थिक भार धेरै पर्ने समितिको मंगलबारको बैठकले ठहर गरेको छ ।

समिति सभापति पवित्रा निरौला खरेलले भर्खर द्वन्द्व खेपेर आएको देशमा अवार्डले आर्थिक भार थोपर्ने भएकाले फाइदाजनक नभएको ठहर समितिले गरेको बताइन् । ‘नेपालले ठूलो आर्थिक दायित्व व्यहोर्नुपर्ने रहेछ,’ उनले भनिन्, ‘कार्यक्रम आयोजक बिजक्राफ्टले हामीलाई जुन सम्झौतापत्र पठाएको छ, त्यो पनि नेपालको पक्षमा छैन । कार्यक्रमको सम्पूर्ण अधिकार उसैमा केन्द्रित हुने बताइएको छ । भोलि कानुनी अड्चन आयो भने कानुनी लडाइँ लड्न दिल्ली जानुपर्ने रहेछ । यो त ठीक भएन नि ।’

बिजक्राफ्टले सम्झौतापत्र संशोधन गरे मात्र नेपालमा कार्यक्रम गर्न दिन सकिने निरौलाको भनाइ छ । अहिलेको सम्झौतापत्रले नेपालको स्वतन्त्रता र स्वाधीनतामा पनि धक्का पुर्‍याउने समितिको ठहर छ ।

आगामी अगस्टको अन्तिम साता काठमाडौंमा आइफा अवार्ड गर्ने योजना छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौं महानगरपालिका सहआयोजक हुने गरी आइफा अवार्ड गर्ने तयारी छ ।

नेपाली सेनाको मुख्यालयअगाडिको फुटबल मैदानलाई कार्यक्रमस्थल छनोट गरिएको थियो । कार्यक्रममा भारतबाट ५ देखि ६ सयसम्म कलाकार आउने बताइएको थियो । अवार्ड कार्यक्रमको कुल खर्च झन्डै ७६ करोड रुपैयाँसम्म पुग्ने पूर्वानुमान रहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।