१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान पठाएको नमुनामा बर्ड फ्लु भेटिएन



अ+ अ-

काठमाडौं । बर्ड फ्लुले तीन महिनाअघि एक युवकको मृत्यु भएपछि उनको नजिकका एक सय ७२ जनाको नमुना जापानमा परीक्षण गर्दा बर्ड फ्लु भाइरस नभएको पाइएको छ ।

गत १५ चैतमा काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुको संक्रमणका कारण उपचारका क्रममा मृत्यु भएको थियो । उनको उपचारमा संलग्न स्वास्थ्यकर्मी, साथीभाइ र परिवारका सदस्य गरी एक सय ७२ जनाको नमुना परीक्षणका लागि जापान पठाएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बर्ड फ्लु भाइरस संक्रमणको आशंका गरी जापान पठाएका सबै नमुनाका रिपोर्टमा बर्ड फ्लु भाइरस ‘एच ५ एन १’ नेगेटिभ देखिएको हो ।

जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा परीक्षण गरिएको थियो । सो ल्याबले विश्व स्वास्थ्य संगठनलाई रिपोर्ट बुझाए पनि नेपालमा सार्वजनिक भएको छैन । विश्व स्वास्थ्य संगठनले सबै रिपोर्ट तयार पारेको र केही दिनमा सरकारलाई बुझाएपछि सार्वजनिक गरिने महाशाखाका निर्देशक डा।विवेक लालले बताए ।

मृतक युवकको जापानमा सोही ल्याबले बर्ड फ्लु ‘एच ५ एन १’ भाइरस भएको प्रमाणित गरेको थियो । त्यसपछि सरकारले विश्व स्वास्थ्य संगठनको समन्वयमा मृतकको घर–परिवार युवकको मृत्यु हुनुअघि र पछि सम्पर्कमा रहेका सातजना र उपचारमा संलग्न चिकित्सक, नर्स र अन्य कर्मचारी गरी एक सय ६५ जनाको नमुना संकलन गरी पठाइएको थियो ।

‘नेपालका अस्पतालमा एक बेडमा तीनजनासम्म बिरामी राखेर उपचार गरिन्छ । अचम्मको कुरा ती युवकको सम्पर्कमा रहेका कसैमा पनि बर्ड फ्लु पोजेटिभ देखिएन,’ डा।लालले भने । बर्ड फ्लु लागेका अधिकांश मानिसको मृत्यु हुने भए पनि विश्व स्वास्थ्य संगठनले नेपालमा भएको मृत्युपछि नियन्त्रण र नियमनमा सक्रियता देखाएको हो ।

सन् १९९६ मा बर्ड फ्लु भाइरस पत्ता लागेको थियो । विश्व स्वास्थ्य संगठनकै तथ्यांकअनुसार सन् २००३ देखि हालसम्म विश्वभर आठ सय ६० जना मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । तीमध्ये चार सय ५४ जना संक्रमितको मृत्यु भएको छ । मानिसबाट मानिसमा भने हालसम्म नसरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।