१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविका उपप्रध्यापकद्वारा छात्रामाथी यौन दुव्र्यवहार



अ+ अ-
सांकेतिक तस्विर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका एक उपप्रध्यापकमाथि छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । शिक्षाशास्त्र संकायअन्तर्गत अर्थशास्त्र गणित विषय पढाउने उपप्रध्यापक जगदिश मूर्ति कोइरालामाथि यस्तो आरोप लागेको हो ।

उनीविरुद्ध त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभाग र महानगरीय प्रहरी परिसर कीर्तिपुरमा उजुरी परेको छ । उजुरीकर्ता छात्रा स्नातकोत्तर तह तेस्रो समेस्टरमा पढिरहेकी छिन् ।

कोइरालाले पहिलो सेमेस्टरदेखि नै आफूलाई भेटेमात्र परीक्षामा उत्तीर्ण हुने अन्यथा पढाइ नै बिगारिदिने धम्की दिएको उजुरीकर्ता छात्राले आरोप लगाएकी छिन् । कोइरालाले टेलिफोन र फेसबुक च्याटसमेतमा सताउने गरेको छात्राले आरोप लगाएकी छिन् ।, समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।