१९ असार २०८३, शुक्रबार
,
Latest
सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिचल्लीमा परेका महिलालाई चीनमै काम गर्न मेनपावर सञ्चालकको दबाब



अ+ अ-

काठमाडौं । लगभग दुई महिनाअघि चीन ल्याएर बिचल्लीमा पारिएका ४४ नेपाली महिलालाई चीनमै बसेर काम गर्न नेपालको कम्पास मेन पावर कम्पनीले दबाब दिएको छ ।

काठमाडौँ पिंगलास्थानमा कार्यालय रहेको सो कम्पनीले ती महिलालाई कामका लागि चीनको ल्याउनिङ पठाएको थियो ।

केही दिनअघि चीनमा नेपाली ४४ महिला बिचल्लीमा परेको समाचार नागरिकमा छापिएपछि कम्पनी सञ्चालक गिरिराज घिमिरे र राम कार्की शनिबार चीनको ल्याउनिङ आएका छन् ।

घिमिरे र कार्कीले आइतबार समूहसमूहमा नेपाली महिलासँग कुरा गरेर चीनमै बस्न दबाब दिएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।