१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस को प्रमुख सचेतक चयन, प्रतिनिधिसभामा जीवनराम र राष्ट्रियसभामा शेरबहादुर



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र राष्ट्रियसभामा दलको प्रमुख सचेतक चयन गरेको छ ।

आज बसेको दलको बैठकले प्रतिनिधिसभाको प्रमुख सचेतकमा सासंद जीवनराम श्रेष्ठ र राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको हो ।  

संसदमा पहिलो र दोस्रो दलले मात्र सचेतकको सुविधा पाउने भएकाले सचेतक चयन नगरिएको प्रमुख सचेतक श्रेष्ठले न्यूजपोलारलाई जानकारी दिनुभयो ।

श्रेष्ठले भन्नुभयो, संसदमा  एकीकृत समाजवादीको भूमिकालाई थप प्रभावकारी बनाउन क्रियाशिल हुन्छौँ  ।