२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवतीमाथि ‘सिरिन्ज’ आक्रमण गर्ने खलनायक धरौटीमा रिहा, प्रहरीले फेरि समात्यो



अ+ अ-

काठमाडौं । युवतीमाथि कथित रुपमा ‘सिरिन्ज’ आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा पक्राउ परेका सन्तोष कार्कीलाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ ।

महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका कार्की गत साउन १३ गते महाराजगञ्जबाटै पक्राउ परेका थिए । कार्कीलाई अदालतले ३ लाख धरौटीमा छाडे लगतै प्रहरीले फेरि पक्राउ गरेको छ ।

महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले कार्कीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।

कार्कीले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका थिए । उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता स्वीकार गरेका थिए ।

उनले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका थिए । तर आक्रमण गर्नुको कारण भने रमाइलोका लागि भनेका थिए ।

प्रहरीका अनुसार उनी महाराजगञ्जमा होटल व्यवसाय गर्थे । राति १० बजे होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जान्थे ।

घर जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरुलाई आक्रमण गर्थे । घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको थियो ।आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै केही युवतीले उजुरी दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस



http://newspolar.com/2019/06/98001