८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध



अ+ अ-

दैलेख । लगातारको वर्षातका कारण दैलेखको गुराँस गाउँपालिका हुँदै कर्णाली राजमार्गको तल्लो डुंगेश्वरसम्म जोडिने सडक अवरुद्ध भएको छ । बान्द्रेमा मंगलबारराती पहिरो गएपछि यातायात अवरुद्ध छ।

यो सडकखण्ड हुँदै कर्णालीका जिल्ला भित्रिने यात्रुवाहक र मालवाहक सवारी साधन तथा यात्रु अलपत्र परेका छन्। सुर्खेतबाट दैलेख हुँदै कर्णाली राजमार्ग जोड्ने यो सडकखण्ड मंगलबार रातीदेखि अबरुद्ध भएको हो।

पहिरो हटाउन अझै केही दिन लाग्ने दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए।