८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लैंगिक समानता पत्रकारिता पुरस्कार ३ पत्रकारलाई



अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघले लैंङ्गिक समानता पत्रकारिता पुरस्कारबाट यस बर्ष तीनजना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

पुरस्कृत हुनेहरुमा तिलसरा विक, हुम्ला (कर्णाली एफएम), सुजितकुमार झा, जनकपुर (एभिन्यूज टिभी) र भवानी भट्ट महेन्द्रनगर (कान्तिपुर दैनिक) रहेका छन् ।

मदरल्याण्ड नेपालको सहकार्यमा महासंघले उक्त पुरस्कार प्रदान गर्न लागेको हो । पुरस्कृत पत्रकारलाई ४० हजार नगद तथा सम्मान–पत्र प्रदान गरिने महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट समिति संयोजक दिलिप थापामगरले जानकारी दिए ।

लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमुलक र प्रभावशाली समाचार/आलेख प्रकाशन/प्रसारण गरी पत्रकारिता गर्ने मध्येबाट उनिहरुलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।