४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

साथीलाई छुरा प्रहार गर्ने नौ जना पक्राउ



अ+ अ-

झापा । दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ। बुधबार अपराह्न ४ बजे २५र३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो।

छुरा प्रहारबाट दमक नगरपालिका–२ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको थियो भने सोही वडाका १८ वर्षीय सुजन भुजेल र दमक–३ का १८ वर्षकै सरोज भण्डारी घाइते भएका थिए। घाइतेमध्ये भण्डारीको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा र भुजेलको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ।

घटनालगत्तै फरार रहेकामध्ये प्रदेश नं १ को प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इप्रका दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट नौ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी भइरहेको छ।रासस