४ असार २०८३, बिहीबार
,
Latest
प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छः अर्थमन्त्री डा वाग्ले श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा ट्राफिक कारवाही, ३१ करोड बढी राजश्व संकलन



अ+ अ-

काठमाडौँः ट्राफिक प्रहरीले सवारी नियम उलङ्घन गर्ने सवारी साधनबाट रु ३१ करोड ५६ लाख २७ हजार राजश्व सङ्कलन गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५-७६ मा काठमाडौँ, भक्तपुर र ललितपुरबाट जथाभावी रुपमा सवारी साधन पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, जथाभावी रुपमा हर्न बजाउने लगायतका कार्यमा सङ्लग्न सवारी साधनबाट उक्त राजश्व सङ्कलन गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चार लाख ८१ हजार ७५ साना ठूला सवारी साधनलाई कारवाही गर्दा उक्त राजश्व सङ्कलन गरेको जानकारी दिनुभयो । “ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई कारवाही स्वरुप जरिवाना लिँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

उपत्यकामा रहेका महाशाखाका करिब तीन ट्राफिक प्रहरी युनिटमध्ये महाशाखापछि दरबारमार्गस्थित ट्राफिक प्रहरी पोष्टले सबैभन्दा बढी ३५ हजारको संख्यामा ट्राफिक कारवाही गरी रु दुई करोडभन्दा बढी राजश्व संकलन गर्न सफल भएको पोष्ट इन्चार्ज प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताउनुभयो ।

महाशाखाले आव २०७४-७५ मा चार लाख ७२ हजार ४०७ सवारी साधन कारवाही गरेर रु २९ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलन गरेको थियो । महाशाखाले हाल काठमाडौँका ४० कार्यालयबाट उपत्यकाको ट्राफिक व्यवस्थापन गर्दै आएको छ ।

महाशाखामा हाल एक हजार ४०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् । यातायात व्यवस्था विभागका अनुसार देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र नौ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् ।