२० भाद्र २०८३, शनिबार
,
Latest
थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका प्रधानमन्त्री मोदी भदौंमा नेपाल आउदै



अ+ अ-

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता नृपाल आउने भएका छन् ।

स्रोतका अनुसार मोदी चारदिने नेपाल भ्रमणमा आउन लागेको हो । उनले भदौं ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७ देखि २० तारिख) सम्म नेपाल भ्रमण गर्ने भएका छन् ।

भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् ।

उच्चस्तरीय भ्रमणका लागि आवश्यक सुरक्षा सुनिश्चिताको चासो राख्दै भारतीय सुरक्षाकर्मीले एक चरण नेपाली अधिकारीसँग भेट गरेका छन् ।

यता मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन गर्न भने मोदी नआउने भएका छन् ।

स्रोतका अनुसार नेपालमा भारत विरोधी गतिविधि सुरु भएपछि मोदीको नेपाल आउने कार्यक्रम तत्कालका लागि स्थगित भएको हो । क्लिन फिड, आइफा अवार्ड, तरकारीमा विषादी परीक्षण लगायतका विषय लिएर नेपालमा भारतको आलोचना भइरहेको छ । यस्तो अवस्थामा आउँदा विरोध हुने डरले तत्कालका लागि भ्रमण स्थगित गरिएको बताइएको छ ।

मोदी नआउने भएपछि पाइपलाइन परियोजनालाई प्रधानमन्त्री मोदीले भिडियो कम्फरेन्समार्फत उद्घाटन गर्ने लगभग तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

पाइपलाइन परियोजनाको उद्घाटन कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीले बताए ।

यो परियोजनाका लागि नेपाल–भारतबीच २०७२ भदौ ७ गते सम्झौता भएको थियो । सम्झौता भएको तीन वर्षपछि २०७४ चैत २४ गते दिल्लीबाटै मोदी र ओलीले संयुक्त रूपमा स्विच थिचेर परियोजनाको शिलान्याश गरेका थिए ।

सो पाइप लाइन भारतीय आयल निगमको रु २७५ करोडको लागतमा निर्माण भएको हो । जसमध्ये भारत सरकारको रु २०० करोड तथा सङ्घीय सरकारको रु ७५ करोड लगानी रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन कार्यालय सिमराले जनाएको छ ।

पदार्थ भण्डारण गर्नको लागि अमलेखगञ्ज आयल निगमको डिपोमा तीन हजार ९०० किलो लिटर क्षमता भएको दुई वटा तथा चार हजार १०० किलो लिटर क्षमता भएको दुई गरी चार ट्याङ्कर मर्मत भएको छ । सो पाइपलाइन सञ्चालनमा आएपछि प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ पाइप लाइनबाट भित्रिने छ ।

जमीनमुनि साढे दुई मिटर तल तथा पौने ११ इन्चको माइल स्टिल भन्ने कालो रङको पाइप राखिएकोले खिया लाग्दैन । यो परियोजना सञ्चालनमा आएपछि नेपाल भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता नियन्त्रण हुने बताइएको छ ।