२० भाद्र २०८३, शनिबार
,
Latest
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा ट्रकको ठक्करबाट १५ जना घाइते



अ+ अ-

चितवन । चितवनको इच्छाकामना गाउँपालिका अन्तर्गत पृथ्वीराजमार्गको लेवाटारमा ट्रकले बसलाई ठक्कर दिदा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान करिब पौने नौ बजे मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना८ख ६०५८ नम्बरको बसलाई बिपरीत दिशाबाट आउँदै गरेको ना६ख २८९५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । दुर्घटना भएका बस र ट्रक सडकमै रहेकोले सवारी एकतर्फी मात्रै चलेका छन् ।

ठक्कर दिने ट्रक चालक फरार भएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।