२० भाद्र २०८३, शनिबार
,
Latest
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको गाडीमा आगजनी, विप्लवका कार्यकर्तामाथि आशंका



अ+ अ-

कावासोती । जिल्ला अदालत नवलपुरको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेका छन् ।

कावासोती नगरपालिका–८ स्थित अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरी राखिएको बा२झ ३५०२ नंको गाडीमा आगजनी भएको हो ।

आगजनी भएको गाडी जिल्ला अदालत नवलपुरका स्रेस्तेदार सारदादत्त बडुले प्रयोग गर्दै आउनुभएको थियो । स्रेस्तेदार बडु अर्जुन श्रेष्ठको घरमा भाडामा बस्दै आएका थिए । राति घरमा पार्किङमा राखिएको गाडीमा आगजनी भएको हो ।

आगजनीबाट गाडीको इञ्जिन, अगाडिको बायाँतर्फको टायर जलेर क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटका अनुसार आगो कसले लगाएको भन्ने बारे अनुसन्धान भइरहेको छ । विप्लव कार्यकर्ताले गाडीमा आगजनी गरेको हुनसक्ने आशङ्का प्रहरीको छ ।