२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितलाई सहयोग



अ+ अ-

पोखरा । महिला मात्र आबद्ध लायन्स क्लब अफ लेखनाथ सुनगाभाको टोलीले बाढी प्रभावित रौतहट जिल्लाको गुजरा नगरपालिकामा राहत वितरण गरेको छ । सो क्लबका अध्यक्ष ऋतु पौडेलको नेतृत्वमा रौतहट पुगेको टोलीले बाढीबाट पीडित गुजरा नगरपालिका–८ र ९ का ३० घरपरिवारलाई आवश्यक सामग्री वितरण गरेको हो ।

टोलीले ३० थान पाल, पिफर्म ३० थान, झुल, चामल, चाउचाउ, बिस्कुट, बच्चाका लागि लिटोको पिठो, किशोरीका लागि सेनेटरी प्याडलगायतका सामग्री वितरण गरेको अध्यक्ष पौडेलले जानकारी गराउनुभयो । बाढीबाट प्रभावित क्षेत्रमा स्थानीय प्रशासनको सहकार्यमा राहत वितरण गरिएको सो क्लबका संस्थापक अध्यक्ष मीना भट्टराई भण्डारीले बताउनुभयो ।

राहतसहित पुगेको टोलीलाई जिल्ला प्रशासन कार्यालय रौतहटका उपसचिव चेतराज बराल र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक कविता कटवालले सहजीकरण गरेको राहत वितरण कार्यक्रमका संयोजक गङ्गा मल्लले जानकारी गराउनुभयो ।