८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितलाई सहयोग



अ+ अ-

पोखरा । महिला मात्र आबद्ध लायन्स क्लब अफ लेखनाथ सुनगाभाको टोलीले बाढी प्रभावित रौतहट जिल्लाको गुजरा नगरपालिकामा राहत वितरण गरेको छ । सो क्लबका अध्यक्ष ऋतु पौडेलको नेतृत्वमा रौतहट पुगेको टोलीले बाढीबाट पीडित गुजरा नगरपालिका–८ र ९ का ३० घरपरिवारलाई आवश्यक सामग्री वितरण गरेको हो ।

टोलीले ३० थान पाल, पिफर्म ३० थान, झुल, चामल, चाउचाउ, बिस्कुट, बच्चाका लागि लिटोको पिठो, किशोरीका लागि सेनेटरी प्याडलगायतका सामग्री वितरण गरेको अध्यक्ष पौडेलले जानकारी गराउनुभयो । बाढीबाट प्रभावित क्षेत्रमा स्थानीय प्रशासनको सहकार्यमा राहत वितरण गरिएको सो क्लबका संस्थापक अध्यक्ष मीना भट्टराई भण्डारीले बताउनुभयो ।

राहतसहित पुगेको टोलीलाई जिल्ला प्रशासन कार्यालय रौतहटका उपसचिव चेतराज बराल र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक कविता कटवालले सहजीकरण गरेको राहत वितरण कार्यक्रमका संयोजक गङ्गा मल्लले जानकारी गराउनुभयो ।